३२ जिल्लामा बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

काठमाण्डौ – आज विभिन्न ३२ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाण्डाै, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ र दार्चुलामा बाढीको जोखिम छ ।

महाशाखाले यी जिल्लाका साना नदी, खोला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोला किनारमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको समेत सम्भावना छ ।

वर्षाका कारण बाढीसँगै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत रहेकाले सावधानी अपनाउन र मौसम तथा बाढीसम्बन्धी पछिल्लो सूचना हेर्न महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *