राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकार तथा रङमा नयाँ ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो ।

नोटको अग्रभागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट पचास रुपैयाँ तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख छ ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । पानी छापको तल्लो भागमा ५० अंकसमेत छ । नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ सिरिज उल्लेख छ भने नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ ।

नयाँ नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागो छ । नोटको पृष्ठभागमा हिउँ चितुवाको चित्र  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *