तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिनुभयो ।

उहाँले शव पहिचानका लागि डीएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताउनुभयो ।

तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *