किन हेरियो मेरो जात ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किन हेरियो मेरो जात ?
जुन चिनिन्छ गुनले होइन,हाताहात?
नाम हेरेर टोलिन्छ मन
स्वभिमान सस्तो,अभिमान सन्तान l

न काम हेर्छ न कर्मको सास्ती
जात हेरेर हुन्छ जित या हार को बस्ती
शिक्षा पुगे पनि उहि सोच पुरानो
समानताको सपना किन झै कानो ?

हेरिएन,मेरो देश, मेरो माटो,
कहिले कहिले लाग्छ कठोर घाटो l
किन जन्मले नै थप्नु पर्छ दोष ?
किन मनिदैन  मानवताको ठुलो जोश ?

लेखक : अनिशा थारु

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।