बिजय सुनार ।
आजभोलि मलाई कोट मन पर्दैन,कोट लगाउनेले नेपाल आमालाई दिएकाे चोट मन पर्दैन।
टेबुल माथि राष्ट्रियताको गाना घन्काई टेबुल तल बाट लिईएको नोट मनपर्दैन। हो मलाई कोट मन पर्दैन। कोट लगाउनेलाई तिमी मामा , काका,दाजु भन्न रुचाउँछ छौ मलाई भ्रष्ट संग नाता जोड्न पाउनु मा कुनै गर्व लाग्दैन।
हो आज भोली मलाई कोट मनपर्दैन।
मलाई तिमीलाई जस्तो ढाका टोपी शिराम ठडाई नेपालीको शिर झुकाउने काम गर्ने मान्छे भन्दा Cap टोपी लगाई राष्ट्रियताकाे rap गाउने मन पर्छ। Coat लगाई court को धजीया उडाउनेलाई तिमी आफ्नो आदर्श मान्छौ सोही भ्रष्टलाई मामा काका दाजु भन्न चाहन्छौं म भ्रष्टलाई भ्रष्ट भन्न चाहन्छु।
आज भोली मलाई दौरा लाउने लाई लौरा लाउन मन लाग्छ सर्ट भित्र पाइन्ट लगाई हिँडेकाे देख्दा त्यै belt le कोरा लगाउन मन लाग्छ जसलाई हामी शिक्षित वर्ग भन्छौ त्यै नै हो ठूलो अवसरवादी हो। त्यो त्यै हो जसले भ्रष्टलाई मामा काका अंकल भन्न मनपराउँछ।
भ्रष्टाचारको कोदालीले नेपाल आमा काे छाती खन्न रुचाउँछ नातावादकाे थालीमा अवसर खाना रुचाउँछ।
बाध्यताले अरब जानु र अरब तीरी देश छाडी जानु मा फरक छ देशमा केही गर्छु भन्ने काे बास सडकमा छ हुने खाने कै तडक भडक छ।
आँखा खोलौ अब हामी अशिक्षित भनाउँदाहरु आज भोली चोर लुटेरा लामो बाल पाली tatto हानि फाटेको pant मा नभई कोट प्यान्ट मा सजित हुन्छन् दिन मा बादको कुरा गर्छन् रात मा घाँटी काटकाे कुरा गर्छन् ।
"आज भोली चोर बन्दुक बोकी , खुकुरी बोकी तर्साउन आउँदैनन् आज भोली चोर हात जोडी, भोट भन्दै नोट गायब गर्छन्"बैंक होइन बजेट लुट्छन् "। कार चाडेर आउँछन्" "कोट लगाई आउँछन्" तिमी नझुक्किनु "
आज भोली चोर ओडार जंगल होइन होस् गर, कार्यलय, आदालात,संसद भवनमा बस्छन। डरलाग्दो नभई coat,pant मा बस्छन त्यसै ले मलाई आज भोली coat मन पर्दैन।