'मदन पुरस्कार २०८०' का लागि श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मदन पुरस्कार गुठीले 'मदन पुरस्कार २०८०' का लागि श्रेष्ठ सूची सार्वजनिक गरेकाे छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तककाे नाम सार्वजनिक गरेकाे छ । सूचीमा भक्त स्याङतानकाे 'डम्फुकाे आत्मालाप', जीवन क्षेत्रीकाे 'नुन–तेल', भावेश भुमरी र प्रणिता चामलिङकाे 'भावलिपि', माेहन मैलालीकाे 'मुकाम रणमैदान' र राेशन थापा नीरवकाे 'सन्त्रासका साठी दिन' रहेका छन् ।

छनाेटमा परेका यी पाँचमध्ये एक पुस्तकले चार लाख रुपैयाँकाे पुरस्कार प्राप्त गर्नेछ । प्राप्त भएका तीन सय चार वटा पुस्तकबाट श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक परेका गुठीले जनाएकाे छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।