लिटल बर्डस इङ्गलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, चैत २९ ।
रुपन्देहिको सैनामैना नगरपालिका वडा नं २ रानीबगिया स्थित लिटल बर्डस  इङ्गलिस स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सत्र २०८० को वार्षिक नतिजा प्रकाशन गरेको विद्यालयका प्राचार्य धर्मराज घिमिरेले जानकारी दिनुभयो । 
कार्यक्रममा शैक्षिक  प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य घिमिरेले गुणस्तरीय शिक्षासङ्गै  विद्यार्थीको क्षमता अभिवृद्धि गर्नुको साथै विद्यार्थीहरुको व्यक्तित्व विकासमा  विद्यालय अग्रसर रहेकै कारणले गर्दा विद्यार्थी तथा अभिभावकहरुको रोजाईको शैक्षिक केन्द्र बनिरहेको प्राचार्य घिमिरेले बताउनुभएको छ । 
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मको(आठ बाहेक) नतिजा सुनाइएको हो । कार्यक्रममा सफलता हात पार्ने विद्यार्थीहरुलाई सम्मान सङ्गै अनुशासन,सरसफाइ , उच्च हाजिरी लगायत विभिन्न बिधामा उत्कृष्टता हासिल गर्ने बिद्यार्थीलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगाएत मनोरञ्जनात्मक प्रस्तुति देखाएका थिए । 
कार्यक्रम बिद्यालयका प्राचार्य घर्मराज घिमिरेको अध्यक्षता, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार सागर शर्माको प्रमुख आतिथ्यता, प्रमुख सल्लाहकार सु.मे. श्यामबहादुर थापा, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार, लेखा समितिका सदस्यहरु, अभिभावक, कर्मचारी, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सह–प्राचार्य सुरेश पौडेलको  स्वागत एवम् शिक्षक अनिश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।