सैनामैना । सैनामैनामा रहेको निर्वाण कानुनी समाजको आयोजनामा " निर्वाण लिगन फेष्ट" हुने भएको छ ।
सैनामैनाका विद्यार्थी तथा युवाहरुलाई लक्षित गरि व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धिका लागि कार्यक्रम गर्न लागिएको कानुनी समाजले जनाएको छ ।
कार्यक्रममा सूचनाको हक र बजेट माग गर्ने प्रक्रिया, वाणिज्य ज्ञान, संवैधानिक राजनीतिक ज्ञान तथा विश्लेषण , गलत सूचना सम्बन्धी कार्यक्रम , मस्यौदा लेखन, तनाव व्यवस्थापन, सिभी लेखन तथा जब इन्टरभ्यु एवम प्राविधिक साक्षरताका सत्रहरु कार्यक्रममा सञ्चालन हुने समाजका सचिव एवम् कार्यक्रम संयोजक नवीन पाैडेलले बताउनुभयो ।
कार्यक्रम भोली र पर्सि अर्थात् चेत्र २० र २१ गते सञ्चालन हुने छ भने कार्यक्रममा ४५ जना प्रशिक्षार्थीहरु सहभागी गराइने कानुनी समाजका अध्यक्ष विजय सुनारले बताउनुभयो ।
सैनामैना नगरपालिकाका नगर प्रमुख फडेन्द्र शर्माको प्रमुख आतिथ्यतामा सैनामैना २ स्थित बावरी पार्टी प्यालेसमा कार्यक्रम हुनेछ ।
निर्माण कानुनी समाजका अध्यक्ष विजय सुनारको अध्यक्षता , समाजसेवी पवन ज्ञवाली , विभिन्न सञ्चारमाध्यमका पत्रकार, कानुनी समाजका पदाधिकारी लगायतको आतिथ्यतामा भएको पत्रकार सम्मेलनको सञ्चालन समाजका कार्यसमिति सदस्य निश्चल ज्ञवालीले गर्नुभएको थियो ।