ग्यालेक्सी इङ्गलिस स्कूलकोे नतिजा प्रकाशन तथा पुरस्कार वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना नगरपालिका वडा नं. ४ मा रहेको ग्यालेक्सी इङ्गलिस बोर्डिङ्ग स्कूलले शैक्षिक सत्र २०८० सालको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार विधालयमा एक कार्यक्रमको आयोजना गरि वार्षिक नतिाजा प्रकाशन पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई टिका, मेडल, सट्रिफिकेट, कापी र कलम सहित पुरस्कृत गर्दै कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रबन्ध निर्देशक ९एम।डी० प्रकाश भट्टराइले विद्याथीहरुलाई बधाई तथा शुभकामना दिँदै अझ मिहेनत गर्दै अगाडी बढ्न अनुरोध गर्नुभयो । ग्यालेक्सी इङ्गलिस स्कूलले समयसपेक्षा प्रयोगात्मक तथा व्यवहारिक शिक्षा प्रदान गर्दै अघि बढेको भन्दै प्रतिस्पर्धी जनशक्ति निर्माण गर्ने खालको शैक्षिक सिकाइतर्फ विद्यालय र शिक्षक केन्द्रित हुनुपर्ने साथै विद्यार्थीहरु पनि लगनशिल र मिहेनत गरेर पढ्नुपर्ने जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन बन्धु सेवानीले विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिँदै विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध बालियो हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतम विद्यालयले प्राविधिक सीपयुक्त र व्यवाहिरक शिक्षा प्रदान गर्न लागी परेको बताउनुभयो । असल र ट्यालेन्ट विद्यार्थी उत्पादन गर्न विद्यालयको एकल प्रयासले मात्र सम्भाव नहुने भन्दै अभिभावकले पनि घरमा समय दिएर अनुशासित र नैतिक संस्कार सिकाउनु पर्ने भनाइ राख्नुभयो । विद्यालयमा के कति सिकाइ सिके त्यसको बारेमा घरमा आमाबुबाले लेखाजोखा गरी सिकाइलाई अझ उत्कृष्ट बनाउन अभिभावकलाई सहयोग गर्न आग्रह गर्नभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन बन्धु सेवानीको अध्यक्षता तथा विद्यालयका प्रबन्ध निर्देशक ९एम।डी० एंव पूर्व प्रधानाध्यापक प्रकाश भट्टराई, विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतम, विद्यालयका सह–प्रधानाध्यापक भीम बहादुर थापा, विद्यालय संचालक समिति सदस्य आरती भट्टराई, विद्यालय संचालक समिति सदस्य राज उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।

नर्सरी देखि कक्षा नौ सम्मका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको थियो जसमा प्रथम, द्धितीय, तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई टिका, मेडल, ट्रफी, सट्रिफिकेट, कापी कलम लगायतका सामाग्री सहित सम्मान गरिएको थियो । नतिाजा प्रकाशन सँगै विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने विद्याथीहरु प्रिया, सुजाता, अप्सना, समिक्षा, कनिस्का, सञ्चिता, सिमरन र खुसीको समुहले विभिन्न प्राविधिक समाग्रीहरुको विज्ञान प्रर्दशनी समेत गरेका थिए ।

विद्यालयका विद्यालयका सह–प्रधानाध्यापक भीम बहादुर थापाको स्वागत मन्तव्य तथा शिक्षक बाबुराम खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।