सैनामैना ।
सैनामैना नगरपालिकाको वार्ड नम्वर १ आदर्श पथ स्थित सैनामैना मेमोरियल स्कुलले आफ्नो शुक्रबारीय कार्यक्रम अन्तर्गत अत्यधिक लोकप्रिय , नेपाली जनजनमा बस्न सफल लोक तथा दोहोरी गीत विधाको प्रतियोगिता सम्पन्न गरेको छ।
शुक्रबार विद्यालयको परिसरमा आयोजित उक्त अंतरासदनात्मक उक्त प्रतियोगितामा विद्यालयमा रहेका ४ सदनका ४ समूहले प्रतिस्पर्धा गरेका थिए । । अत्यन्त प्रतिष्प्रदात्मक रुपमा विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा निलो सदनबाट समीक्षा भुसाल र सबिन के.सी. को समुह प्रथम, पहेलो सदनबाट श्रेया खड्का र सचिन सुनारको समूह दोस्रो तथा हरियो दनबाट आयुस चुनारा र सुबिज्ञा पाण्डेको समुहले तेस्रो स्थान प्राप्त गरेका थिए।
देश तथा विदेशसम्म सर्वाधिक लोकप्रिय बन्दै गएको नितान्त नेपाली कला र साहित्यसँग सम्बन्धित कला विद्यार्थीमा हस्तान्तरण गर्दै विद्यार्थीमा मौलिक संस्कृतिप्रति माया जागाउदै सोको संरक्षणमा भूमिका खेल्ने उद्देस्यले विद्यालयमा लोक तथा दोहोरी गीत प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य डि.बि. खत्रीले बताउनुभयो साथै स्थानीय तहमा विद्यालयस्तरमा यस खालको प्रतियोगिता पहिलो भएको समेत उहाले दाबी गर्नुभयो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख प्रकाश चौधरीको सम्योजकत्त्व तथा सञ्चालनमा सम्पन्न उक्त प्रतियोगिताको निर्णय विद्यालयका सह-प्राचार्य पदम अर्याल, तथा शैशिक सल्लाहकार लिलाधर घिमिरे र शिक्षिका सुनिता थापाले गर्नुभएको थियो।