सिद्धार्थ मेमोरियल एकेडेमीमा संघिय नमूना संसद,२०८१ सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैनाको रामापुर स्थित  सिद्धार्थ मेमोरियल एकेडेमीमा संघीय नमूना संसद,२०८१ सम्पन्न भएको छ । सिद्धार्थ मेमोरियल एकेडेमीको आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई संसदको कामकारबाही बारे विभिन्न जानकारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

Open photo

नमुना संसद कार्यक्रमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीले नमुना संसद कार्यक्रम राम्रो र सकारात्मक भएको उल्लेख गर्दै विद्यार्थीहरुलाई सदैव मिहिनेतमा विश्वास राख्न आग्रह गर्नुभयो । 

त्यस्तै कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रधानध्यापक भोजराज पौडेलले नमुना संसद कार्यक्रमले विद्यार्थीहरुले धेरै सिकेकोमा विश्वास व्यक्त गर्दै सहकार्य गर्ने निर्वाण कानूनी समाजलाई धन्यवाद समेत दिनुभयो । समापन कार्यक्रममा सैनामैना नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समिति सदस्यहरु सुरज ढकाल र शालिकराम पौडेलको विशिष्ट आतिथ्यता एवं विद्यालयका शिक्षक, पत्रकारहरु आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विष्णुप्रसाद अर्यालले गर्नुभएको थियो । 

Open photo

Open photo

नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति,प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र , मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए। संसदमा सभामुखले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य समयमा सांसदहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथितिलगायतका मुद्दालाई सभामुख मार्फत् सरकारलाई ध्यानाकर्षण गराएका थिए । 

Open photo

विद्यालयमा अध्ययनरत कक्षा १० का ८० जना विध्यार्थीहरुको सहभागीतामा सम्पन्न नमुना संसद कार्यक्रम कार्तिक ११ र १२ गते विद्यालयको सभा हलमा सम्पन्न भएको थियो । कार्यक्रममा निर्वाण कानूनी समाजका सदस्यहरुले प्रशिक्षण दिनुभएको थियो । संसद भनेको के हो ? नमुना संसदको महत्त्व, विधेयक, बजेट,शुन्य समय, विशेष समय लगायतका संसदमा प्रयोग हुने विभिन्न शब्दावली एवं कामकारबाहीलाई कार्यक्रम प्रस्तुत गरिएको थियो 

Open photo

निर्वाण कानूनी समाजका अध्यक्ष विजय सुनारका अनुसार नमुना संसद कार्यक्रममा ३ वटा विधाहरुमा पुरस्कार प्रदान गरिएको हो । जसअनुसार विद्यालयका विद्यार्थीहरु रोमित बिकेले उत्कृष्ट प्रस्तुतिकरण, मिलन खनालले उत्कृष्ट वक्ता र साभ्या पाण्डेले उत्कृष्ट अनुसन्धानकर्ताको उपाधि प्राप्त गरेका छन् ।

 

 

 

 

 

 


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।