न्यू एकेडेमी बोर्डिङ स्कुलमा संघीय नमूना संसद, २०८१ सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 सैनामैना : सैनामैनाको झारवैरा स्थित  न्यू एकेडेमी बोर्डिङ स्कुलमा संघीय नमूना संसद,२०८१  सोमबार सम्पन्न भएको छ ।

न्यू एकेडेमीबोर्डिङ स्कुलको  आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यासबारे प्रशिक्षण दिन एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई  संसदको कामकारबाही बारे विभिन्न जानकारी  प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ ३ दिवसिय  कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा निर्वाण कानूनी समाजका सदस्यहरुले प्रशिक्षण दिनुभएको थियो ।
संसद भनेको के हो ? नमुना संसदको महत्त्व, विधेयक, बजेट,शुन्य समय, विशेष समय लगायतका संसदमा प्रयोग हुने विभिन्न शब्दावली एवं कामकारबाहीलाई कार्यक्रममा प्रस्तुत गरिएको कानूनी समाजका  सचिव नवीन पौडेलले जानकारी दिनुभयो ।

नमुना संसद् कार्यक्रममा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख राष्ट्रपति,प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र , मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए


संसदमा सभामुखले  बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य समय एवं विशेष समयमा सांसदहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथितिलगायतका मुद्दालाई सभामुख मार्फत् सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

यस्तै सासंदहरुले वार्षिक निति तथा कार्यक्रम, बजेट, विधेयक लगायतका विषयमा  सरकारलाई ध्यानाकर्षण गराउँदै आवश्यक कुरा सच्चाउन समेत माग गरेका छन् ।

विद्यालयमा अध्ययनरत कक्षा १० का  करिब ५० जना  विध्यार्थीहरुको सहभागीतामा सम्पन्न  नमुना संसद कार्यक्रम मंसिर २८, २९ र पुस १ गते  गरि विद्यालयको सभा हलमा सम्पन्न भएको थियो ।

पछिल्लो समय निर्वाण कानूनी समाजले सैनामैनाका विभिन्न विद्यालयमा नमूना संसद् कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।