काठमाण्डौ – जापानमा भैरहेको २०औं एशियाली खेलकुदमा करातेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् ।
तेन्जिङले तोयोहाशी जिम्नेजियममा आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपिचेजमा पराजित गर्दै कास्य पदक जितेका हुन् । तेन्जिङले १ इप्पोनसहित ९ स्कोर गरेका थिए ।
तेन्जिङले खेल ९–१ ले आफ्नो पक्षमा पारेका हुन् । यसैबीच एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेइसँग खेल्दैछ । खेल बेलुका पौने ५ बजे हुनेछ । आजको खेल जिते नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।
साथै सेमिफाइनलमा पुग्ने टोलीले कम्तीमा कास्य पदक जित्नेछ । त्यसैले आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । नेपालले हिजो समूह चरणको खेलमा थाइल्यान्डलाई हराउँदै विजयी शुरुआत गरेको थियो ।
नेपाल रहेको समूहमा चाइनिज ताइपेइ, श्रीलंका र थाइल्यान्ड छन् । अर्को समूहमा इरान, भारत, बङ्गलादेश र जापान छन् । नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ ।
सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ ।

