काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३.८५ अङ्कले घटेर २ हजार ५३१.५५ विन्दुमा झरेको छ ।
आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज १९९ वटा कम्पनीको शेयर घटेकोमा ६८ वटाको बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज सिन्धु विकास बैंकको शेयर १५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन लिबर्टी इनर्जीको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब १९ करोडको कारोबार भएकोमा आज ३४१ वटा कम्पनीको १ करोड ५ लाख कित्ता शेयर ४ अर्ब ९ लाख रुपैयाँमा किनबेच भएको छ ।

