सुनचाँदीको भाउ घट्यो, सुन तोलामै ८ हजार ८ सयले घट्यो

काठमाण्डौ – आज एकैदिन सुनको भाउ तोलामा ८ हजार ८०० रुपैयाँ घटेको छ ।

हिजो एक सय रुपौयाँले बढेको सुन आज तोलामा ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढे पनि आज एकैदिन धेरै घटेको हो । आज चाँदीको भाउ पनि १८५ रुपैयाँले घटेको छ ।

हिजो तोलाको ४ हजार ७६५ रुपैयाँ  कायम रहेकोमा आज चाँदीको भाउ १८५ रुपैयाँ घटेर आज ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *