चलचित्रमार्फत समाज रूपान्तरणको सन्देश दिँदै काठमाण्डौ फिल्म फेस्टिभल

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको फिल्म फेस्टिभलमा शनिबारदेखि नेपाली पानोरामा, अन्तर्राष्ट्रिय पानोरामा, छोटा चलचित्र, भिडियो च्यालेञ्जबाट प्राप्त चलचित्र प्रदर्शन हुनेछ ।

शुक्रबार उद्घाटन भएको काठमाण्डौ फिल्म फेस्टिभल फेस्टिभलमा आजदेखि चलचित्र प्रदर्शन हुने भएका हुन् । महानगरपालिकाले पुराना चलचित्रहरूको संरक्षण गर्ने उद्देश्यले सन् १९७० र ८० को दशकका नेपाली कथानक चलचित्रहरू ‘कुमारी’ र ‘के घर के डेरा’को विशेष प्रदर्शन गर्ने जनाएको छ ।

उद्घाटन समारोहमा  काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले अग्ला भवन र चिल्ला गाडीहरूले मात्र कुनै पनि शहर समृद्ध बन्न नसक्ने भन्दै कला, संस्कृति, भाषा, साहित्य र सिर्जनात्मक क्रियाकलापले शहरलाई जीवन्त बनाउने बताउनुभयो ।

यस्तै वरिष्ठ कलाकर्मी मदनकृष्ण श्रेष्ठले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा चलचित्र तथा टेलिचलचित्र अत्यन्त शक्तिशाली औजार भएको बताउनुभयो ।  स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्नेसमेत काठमाण्डौ फिल्म फेस्टिभलको मुख्य लक्ष्य रहेको महानगरले जनाएको छ । काठमाण्डौ  फिल्म फेस्टिभल आइतबारसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *