सर्वोच्चको फूलकोर्ट बैठक डेढ घण्टादेखि जारी

काठमाडौं : प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको सर्वोच्च अदालतको फूलकोर्ट बैठक सुरु भएको छ।

शुक्रबार बिहान ठिक ९ बजे सुरु भएको बैठकमा बिहीबार सार्वजनिक भएको न्यायाधीश र बिचौलिया इनम सापकोटाबीचको कुराकानी तथा प्रधानन्यायाधीश शर्माको नाममा भएको भनिएको रकम लेनदेनका विषयमा छलफल भइरहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।  त्यस्तै, संवैधानिक इजलाससम्बन्धी विवादबारे पनि बैठकमा कुरा उठ्ने जनाइएको छ।

फूलकोर्ट बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित छन्। उनी हाल विदेशमा रहेकाले बैठकमा सहभागी नभएकी हुन्। न्यायाधीश हरि फुयालसहित अन्य सबै न्यायाधीश बैठकमा सहभागी भएको जनाएको छ।

शुक्रबार बिहान इजलासका लागि गोला प्रक्रियाअघि फूलकोर्ट बैठक बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *