‘आफ्नै सांसदले सरकारको आलोचना गर्नु अस्वाभाविक होइन, अभिव्यक्त गर्ने सबैको आ-आफ्नै शैली हुन्छ’

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछानेले आफ्नै सांसदले सरकारको आलोचना गर्नु अस्वाभाविक नभएको बताएका छन्। आफूले डोकोको सर्वदलीय बैठकपछि सञ्चारकर्मिसँग कुरा गर्दै उनले प्रजातान्त्रिक पार्टी भएकाले आफ्नै सांसदले सरकारको कार्यको टिप्पणी गर्नु स्वाभाविक भएको बताएका हुन्।

सरकार गुण्डागर्दी शैलीमा चलेको छ भन्ने आरोप रास्वपाकै सांसदले आरोप लगाइरहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले हरेक नेता र सांसदले अभिव्यक्ति गर्ने शैली फरक–फरक हुने भएकाले यसलाई असामान्य मान्न नसकिने बताए। कोही साथीहरूको शैली होला। अभिव्यक्त गर्ने आ–आफ्नै शैली हुन्छ। त्यसबाहेक केही छैन’, उनले भने।

विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *