काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतवार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थामा अध्ययन अध्यापन प्रभावित भएको बताए।
आइतवारको बिदा कसैलाई पनि नचाहिएको उनको भनाइ छ। उनले आइतवारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे।
अली भाटले भने, ‘यो आइतवारको बिदा कसैलाई पनि चाहिएको छैन। शैक्षिक संस्थादेखि सबै ठाउँमा यसले नकारात्मक असर पारिरहेको छ। त्यसकारण सरकारले आइतवारको बिदा कटौती गरेर पहिलेकै शनिवारको मात्रै बिदा कायम गरोस्।’
सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपतका गर्न भन्दै गत २०८२ चैत २३ गतेबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

