२१ बुँदे कार्ययाेजनाले शेयर बजारमा उत्साह : ८ अर्ब २९ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४८.५७ अङ्कले बढेर २ हजार ६३३.६२ विन्दुमा पुगेको छ ।

आज सबै समूहको उपसूचक बढेकोमा लगानी, बीमा समूह साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २६५ वटा कम्पनीको शेयर बढेकोमा १२ वटाको घटेको छ । यस्तै मोदी इनर्जीको शेयर भने घटबढ भएको छैन ।

आज धौलागिरि लघुवित्तको शेयर १५ प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट बैंकको डिबेन्चर साढे ५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीको २ करोड ३ लाख कित्ता शेयर ८ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम २ महिनायताकै उच्च हो । यसअघि असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

अर्थ मन्त्रालयले पूँजीबजार सुधारका लागि २१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह देखिएको हो । कार्ययोजनाले बजारको संरचनागत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पूँजीबजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *