अहिलेसम्म एक हजार तीन सय ४४ जनाको शव भेटियो, ५ हजार जनाभन्दा धेरै बेपत्ता

काठमाण्डौ – यही भदौ १० गतेको भोटेकोशी हुँदै आएको बाढीमा परेका मध्ये अहिलेसम्म एक हजार तीन सय ४४ जनाको शव भेटिएको छ । ५ हजारभन्दा धेरै हराइरहेका छन् ।

अहिलेसम्म १३ हजार ९८ जनाको उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म पाँच हजार ६६३ जनाको उपचार गरिएको छ ।

रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७ होल्डिङ सेन्टरमा चार हजार ६२७ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका पनि प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *