हुम्ला अस्पतालको समस्याबारे बोलेका डा.उमाकान्तको सरुवा

काठमाडौं : कर्णाली प्रदेशको ‘हुम्ला जिल्ला अस्पताल’को बेथिति र समस्याबारे बोलेका निमित्त कार्यालय प्रमुख उमाकान्त तिवारीलाई सरुवा गरिएकाे छ। उनी आफैले आफूलाई सरुवा गरिएको जानकारी दिएका हुन्।

उनले सामाजिक सञ्जालबाट भनेका छन्,‘बधाई सबैलाई बाहुबलीको कटप्पा पाराले मलाई धुलाई गरेको,सन्दर्भ कर्णाली प्रदेशको सरुवा, राम्रो होस कर्णालीको स्वास्थ्य, नेपालमा बस्नु मेरो ठूलो गल्ती थियो।’

केही दिनअघि प्रसारण भएको  ‘हेर्ने कथामा’ ‘बिरामी अस्पतालको कथा’मा उनले अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नभएको,जहिल्यै म्याद गुज्रिएका औषधी आउने गरेकाे,अस्पतालमा पानी नै नदिने लगायत समस्या भएको भन्दै सिष्टम नबदलेसम्म अस्पतालको समस्य ज्यूँका त्यूँ हुने बताएका थिए।

उनले हेर्ने कथामा भनेका थिए,‘दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर हुम्लामा पाइलै टेकेका छैनन,अपरेशन गर्ने मान्छे छैनन्,औषधी करिदमा समस्या छ,प्रदेशले पठाउँदा जहिल्यै म्याद गइसकेको हुन्छ,चाहिने सिटामोलसमेत छैन,धारामा पानी छैन,पानी माग्दा पनि अरु निकायमा पठाउँछ,अस्पताललाई दिइँदैन,यहाँको सिष्टम खराब छ,यो सुधारौ भन्छु।’

उनले जीर्ण अस्पताल त्यसैमा पनि सुविधासम्पन्न भवन,संरचना नहुँदा करौडौ मूल्यका स्वास्थ्य उपकरणहरु त्यसै खेर गइरहेको जानकारी दिएका थिए। अन्य डाक्टरहरुले त्यहाँको देखिएका,भोगेका समस्याहरु बाहिर बोल्दा सरुवा हुने त्रासमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *