सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टी कार्यालय वनस्थली पुगेर भेट गर्दै मुख्यमन्त्री थापाले यस्तो गुनासो गरेका हुन्। उनले प्रधामन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै दु:ख ब्यक्त गरे।
‘तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन । जसका कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेका छौँ।’ थापाले भने, ‘तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक छ ।’
जवाफमा रास्वपा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाइ जोड्ने भूमिका प्रदेश सरकारले गर्नुपर्ने बताए।
‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्नेकुरामा हामी सचेत छौँ । लामिछानेले भने, संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिवद्दता व्यक्त गर्दछु।’
मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको जानकारी लामिछानेलाई गराएका थिए।

