सरकारले बाढी प्रभावित क्षेत्रमा पठायो ६ करोड ७५ लाख रुपैयाँ

रसुवा र नुवाकोटमा एक–एक करोड र धादिङमा ५० लाख रुपैयाँका दरले नगद राहत पठाइएको हाे। सरकारले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको थियो। त्यही काेषबाट पहिलाे चरणमा सहायता पठाइएकाे हाे।

पछिल्लो विवरण अनुसार काेषमा चार अर्ब ३८ करोड नेपाली रुपैयाँ र ६ लाख ८० हजार अमेरिक डलर जम्मा भइसकेको छ।

यस्तै, हालसम्म ३७ ट्रक र १३ बोलेरोमार्फत खाद्य र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट आठ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री  पनि  प्रभावति क्षेत्रमा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *