सैनामैनामा 'सिङ्गिङ एण्ड डान्सिङ स्टार सिजन - ३ हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विगतमा भोट, एसएमएस र टिकटको कारणले धेरै प्रतिभाहरू ओझेलमा परेका थिए। त्यसैले अब यी सबै प्रणालीलाई हटाउँदै 'सैनामैना सिङ्गिङ एण्ड डान्सिङ स्टार सिजन–३' केवल साँचो प्रतिभा, कला र क्षमता खोज्ने निष्पक्ष र पारदर्शी मञ्चको रूपमा असार १ गतेदेखि सुरु हुँदैछ।

निश्चल ज्ञवाली, सैैैनामैना । 

सैनामैनामा 'सिङ्गिङ एण्ड डान्सिङ स्टार सिजन–३'
प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाली कला, संस्कृति र स्थानीय प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यसहित सैनामैनामा ‘सैनामैना सिङ्गिङ एण्ड डान्सिङ स्टार सिजन–३’ आगामी असार १ गतेदेखि सुरु हुने भएको छ।

कार्यक्रम एस.के. स्टाइल क्रिएसनको आयोजनामा तथा बिजी इभेन्ट, एस.बी. प्रोडक्सन र एम.बी. प्रोडक्सनको सह–आयोजनामा सञ्चालन हुने छ।

प्रतियोगिताको विशेषता भनेको यसपटक कुनै भोटिङ, एसएमएस वा टिकट प्रणाली नहुने आयोजकहरूले स्पष्ट गरेका छन्। ‘No Vote, No SMS, No Ticket – Only Talent’ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन हुने छ।

विगतमा भएका विभिन्न राष्ट्रिय तथा स्थानीय प्रतियोगितामा भोट र टिकटको कारण साँचो प्रतिभा ओझेलमा परेको जनाउँदै आयोजकहरूले यसपटक केवल निष्पक्ष निर्णयका आधारमा विजेता छनोट गरिने बताएका छन्।

सैनामैना नगरभित्रका सबै उमेर समूहका गायक, गायिका,  र डान्सरहरूलाई लक्षित गर्दै आयोजना गरिएको यो प्रतियोगिताको अडिसन नगरका विभिन्न स्थानमा सञ्चालन गरिनेछ भने अन्तिम चरणको प्रतिस्पर्धा सैनामैनामै हुनेछ।

आयोजक संस्था एस.के. स्टाइल क्रिएसनका प्रतिनिधिका अनुसार, यो प्रतियोगिता मार्फत दबाब, पहुँच र पैसाको प्रभाव बिना साँचो कलाकार र प्रतिभाको पहिचान गरिने एस.बी प्रोडक्सनका अध्यक्ष सुमित भट्टराईले बताउनुभयो ।

कार्यक्रम सफल बनाउन स्थानीय बासिन्दा, विद्यालय, अभिभावक र युवापुस्तालाई सक्रिय य सहभागिताको आह्वान गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।