विशाल रायमाझीको तिज गीत ‘नक्कले भिनाजु ८ - है माया" सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रेडियो टाइम्स   : लोकप्रिय तीज गीत शृङ्खला ‘नक्कले भिनाजु’ को आठौं संस्करण ‘नक्कले भिनाजु ८ - है माया’ सार्वजनिक भएको छ। सर्जक तथा गायक विशाल रायमाझीको स्वर, संगीत र निर्देशनमा तयार भएको यस गीतले तीजको रौनकलाई अझै बढाएको छ।

बिगत सात भागसम्म दर्शक–श्रोताबाट अपार माया पाएको यो शृङ्खला, यसपालि पनि तेस्तै अपेक्षा सहित भव्य रूपमा प्रस्तुत गरिएको छ। भर्खरै युट्युबमा सार्वजनिक भएको यो गीतले छोटो समयमै उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ।

गीतमा विशाल रायमाझीसँगै हरिमाया रायमाझी र सर्मिला रायमाझीको समेत सशक्त स्वर सुन्न सकिन्छ। गीतका शब्द र संगीत स्वयं बिशाल रायमाझीकै हुन् भने संगीत संयोजन सुनिल परियारले गरेका हुन्। रेकर्डिङ सुमन राना र खुमानसिंह रानाले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले सम्हालेका छन्।

भिडियो पक्षमा पनि उत्तिकै आकर्षण
भिडियोलाई कथा र निर्देशन बिशाल रायमाझीले सम्हालेका छन्। अलिना रायमाझी, सन्चिता बोलखे, बिशाल रायमाझी, अभिषेक खड्का, शिबु पाण्डे र माया रायमाझीको अभिनयले भिडियोलाई मनोरञ्जनात्मक बनाएको छ। कोरियोग्राफी मुकेश नेपालीको छ भने सम्पादन तथा कलर राजकुमार मगरले गरेका हुन्।

पोस्ट प्रोडक्सनको जिम्मा राजकुमार फिल्म्सले सम्हालेको छ भने निर्माणमा सूर्य ओलीको साथ रहेको छ। पोस्टर आर्ट लक्ष्मण चौहानको हो भने मेकअप सरोज बुढाथोकीले गरेका छन्।

यस गीतको भिडियो ‘विशाल रायमाझी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। आइतबार सार्वजनिक भएको उक्त गीतले सामाजिक सञ्जालमा  चर्चा पाउन थालेको छ।

सर्जकको आग्रह
गायक विशाल रायमाझीले दर्शक तथा श्रोताबाट विगतका भागहरूमा जस्तो यसपटक पनि माया, सुझाव र समर्थनको अपेक्षा गरेका छन्। उनले सबैलाई गीत हेरिदिन, मन परेमा लाइक, कमेन्ट र सेयर गरेर साथ दिन आग्रह गरेका छन्।

नक्कले भिनाजु उपनामले चर्चित विशाल रायमाझी पछिल्लो समय गीत संगितमा निकै व्यस्त छन ।

यो भिडियो पनि हेर्नुहोस् ! ????️

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।