नागरिक उन्मुक्ति पार्टी छोडेको रेशम चौधरीको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौ २९, काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवम् संरक्षक रेशम चौधरीले पार्टी छोडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आफूले नाउपा छोडेको जानकारी दिनुभएको हो ।

साथै चौधरीले नयाँ नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा गर्नुभएको छ । पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग उहाँको विवाद बढिरहेको थियो । तर रञ्जितासँग कुनै दुस्मनी नरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।