समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू गरिएको जानकारी दिनुभयो । आउँदो माघ ९ गतेसम्म समानुपातिकतर्फको मतपत्र छपाईको काम सकिने आयोगले जनाएको छ ।

समानुपातिकतर्फको मतपत्रमा बन्द सूची बुझाएका ५८ दलको चुनाव चिह्न रहनेछ । यो मतपत्र देशैभर एकै आकारमा हुनेछ । समानुपातिकको मतपत्र २ करोड ८ लाख ५० हजार थान छाप्ने आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्र छापिसकेर आउँदो माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाई शुरू हुनेछ ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता माघ ६ गते हुँदैछ । प्रत्यक्षतर्फ दुई करोड थान मतपत्र छापिनेछ । यस पटक एक करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।