कञ्चनपुरमा हात्तीकाे आक्रमणबाट ६ वर्षीया बालिकाकाे ज्यान गयाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर – कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । लालझाडी गाउँपालिका वडा नम्बर ६ मा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा हात्तीले घर भत्काएपछि भाग्ने क्रममा हात्तीको आक्रमणमा परि ६ वर्षीया रेजिना साउँदको ज्यान गएको हो ।

गएराति सुतिरहेका बेला हात्तीले घर भत्काएपछि भाग्ने क्रममा रेजिनाकी हजुरआमा पार्वती घाइते हुनुभएको छ । ५५ वर्षीया पार्वतीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा ६ सयभन्दा धेरै विस्थापित परिवारको बसोबास छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापितहरूको पुनर्स्थापना हुन नसक्दा उनीहरू निकुञ्जलगायत अन्य क्षेत्रमा बसोबास गरिरहेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।