काठमाण्डाै – ललितपुरमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
ललितपुर महानगरपालिका–१४ थसिखेलमा आज दिउँसो ट्रककाे ठक्करबाट मोटरसाइकल चालक सुनसरी घर भई ललितपुरको सानेपा बस्ने ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलको पछाडि सवार ८४ वर्षीया धनमाया गुरुङकाे ज्यान गएकाे हाे ।
सातदोबाटोबाट एकान्तकुनातर्फ गुडिरहेको ट्रकले समान दिशामा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।