धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 मंसिर २३,काठमाण्डौ – धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान ग्यास बुलेट सडकबाट तल खसेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

भारतीय ग्यास बुलेटमा रहेका चालक र सहचालकको अवस्था थाहा हुन सकेको छैन । बुलेट दुर्घटना भएको ठाउँ वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको एक सय नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।   

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।