दाङ – प्रतिनिधिसभा सदस्य चुनावमा दाङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिनकुमार आचार्य २८ हजार २७५ मतान्तरले विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का शङ्कर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निर्मल आचार्यले ७ हजार ८० मत प्राप्त गर्नुभएको छ ।