क्यान्सर औषधिको आपूर्ति र खपतसम्बन्धी विवरण उपलब्ध गराउन पैठारीकर्तालाई विभागको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपतसम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ । 

विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आगामी आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको हो । अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न सलाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ । 

विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो । तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकाले विभागले फेरि ताकेता गरेको हो । 

विभागले दर्ता भएर पनि आयात नभएका औषधिको हकमा आयात नहुनुको कारण खुलाएर दुई दिनभित्र विवरण पेश गर्नसमेत निर्देशन दिएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।