नवपुस्ताका मतदाता उत्साहित, भन्छन् — ’हाम्रो भविष्यसँग खेलबाड नहोस्’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – यस पटकको चुनावमा युवा मतदाताको उत्साह उल्लेख्य देखिएको छ । पहिलो पटक मतदान गर्नेदेखि विदेशबाट फर्किएर मतदानमा सहभागी हुने नवपुस्ताले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन् ।

तीन वर्षदेखि क्यानडामा अध्ययनरत २५ वर्षीया सुजानी श्रेष्ठ मतदानमा सहभागी हुनकै लागि नेपाल फर्किनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य र स्वदेशमै गुणस्तरीय शिक्षा तथा रोजगारीको अवसर सिर्जनालाई आउँदाे सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

पहिलो पटक मतदान गर्नुभएका १९ वर्षीय सार्थक सङ्ग्राैलाले भोट हाल्दा केही अन्योल भए पनि आफ्नो मतको कदर हुने विश्वास व्यक्त गर्नुभयो । २६ वर्षीय मन्जुल पराजुलीले राजनीतिक स्थिरताको अपेक्षा राख्दै पछिल्ला घटनाक्रमबाट पाठ सिक्न निर्वाचित नेतृत्वलाई आग्रह गर्नुभयो ।

२४ वर्षीया आकृति सापकोटाले यस पटक दलका एजेन्डा अध्ययन गरेर आफैँले निर्णय गरेको भन्दै पहिले जे भयो त्यही फेरि नदोहोरियोस् र आफूहरूको भविष्य राम्रो बनोस् भन्ने कामना रहेको बताउनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।