जाजरकोटमा ढुङ्गाले लागेर टहरामा सुतेका दिदी बहिनीको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 असार १९,जाजरकोट – कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर ज्यान गएको छ । टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति ज्यान गएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

नियमित पानी परिरहेको र उनीहरुलाई टहरामाथिबाट खसेको ढुङ्गाले लागेको उहाँले बताउनुभयो । नरबहादुर बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा ढुङ्गा खसेर लाग्दा ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट भूकम्पबाट प्रभावित जिल्ला हो ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।