सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सालझण्डी

ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । 

ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए। अहिले पनि सो क्षेत्रमा वर्षा भइरहेको छ । 

‘ठाउँ–ठाउँमा पहिरो झरेको छ, सडक खुलाउने प्रयास गरिरहेका छौँ’, उनले भने। बुर्तिबाङ हुँदै ढोरपाटन हिँडेका पर्यटक बोबाङ र सुप्राङ गाउँमा अलपत्र परेका छन् ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।