परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ ।

तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर हुँदा उपस्थित नभएकाले भटराईविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । भट्टराईलाई  काठमाण्डौको कागेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।

भट्टराईविरुद्ध १७ वर्षअघि फर्जी कागजातका आधारमा पाँच तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।