तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ ।
यसैबीच रुपन्देहीको सैनामैना नगरपालिकामा गठित राष्ट्रिय युवा क्लब सैनामैना वडा नं ४ का युवाहरुले देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएका छन्।
"भाषा,धर्म,कला, सांस्कृतिक परम्परा संरक्षण हाम्रो अभियान भन्ने " मूल नारालाई आत्मसात् गर्दै नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
देउसी भैलो कार्यक्रममा हराइरहेका एवं लोपोन्मुख मौलिक गितहरु, नाचहरु प्रस्तुत गरिनुका साथै नेपालको कला र संस्कृतिको संरक्षण गर्न सबैमा अनुरोध समेत गरिने छ ।
साथै देउसी भैलो कार्यक्रमबाट उठेको रकम विभिन्न सामाजिक कार्य एवं रचनात्मक कार्यक्रममा खर्चिने क्लबले जनाएको छ ।
यहिं कार्तिक १५ गते अर्थात् बिहीबार देखि सुरु हुने देउसी भैलो कार्यक्रमको सञ्चालन क्लबका सदस्य विष्णु ढकालले गर्नुहुने भएको छ ।