सैनामैना, साउन २५।
जनैपूर्णिमाको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिकामा नेवार समुदायले परम्परागत लाखे नाच र रोपाइँ जात्रा प्रदर्शन गरेका छन् । श्री नेवाःपूच पर्रोहाको आयोजनामा भएको कार्यक्रमअन्तर्गत शनिबार लाखे नाच, आइतबार रोपाइँ जात्रा देखाईएको हो । सोमबार पुनः लाखे नाचसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।
सैनामैनाको मुर्गियामा आयोजित कार्यक्रममा नेवारी बाजागाजा, झाँकी र परम्परागत नृत्यले स्थानीय बासिन्दा र दर्शकहरूलाई आकर्षित गरेका थिए।
नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले यस्ता सांस्कृतिक कार्यक्रमले स्थानीय कला–संस्कृतिको संरक्षण र भावी पुस्तामा हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । वडा नं. ४ का अध्यक्ष रामप्रसाद अधिकारीले सांस्कृतिक पहिचानले समुदायमा एकता र युवामा जागरण ल्याउने विश्वास व्यक्त गरे।
श्री नेवाःपूचका अध्यक्ष देवी प्रसाद श्रेष्ठले नयाँ पुस्तालाई मौलिक संस्कृति प्रति जागरूक गराउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए । बाबुराम श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र खिम श्रेष्ठ लगाएतले नेवरी संस्कृतीको संरक्षण गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएका थिए ।