सैनामैनामा विद्यालयस्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निश्चल ज्ञवाली, सैनामैना । 

सैनामैनामा विद्यालयस्तरीय कृत्रिम घटना  अभ्यास कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी शहरी पूर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनाको आयोजनामा सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित श्री मलमला देवी माध्यमिक विद्यालयमा विद्यालयस्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत भूकम्प र आगलागीसम्बन्धीको कृत्रिम घटना अभ्यास गरिएको हो ।

Open photo

अभिमुखिकरण कार्यक्रममा विद्यालय विपद् ब्यबस्थापन समितीका पदाधिकारी र सदस्यहरु, नगरस्तरिय स्वयंसेबक ब्युरोका सदस्यहरु, शिक्षक नायक, सहशिक्षक नायक, युवा रेडक्रस सर्कल, बाल क्लब, नेपाल स्काउट, र शिक्षक कर्मचारी र विद्यार्थीको सहभागितामा  घट्‌नाको अवधारणा, कृत्रिम घट्ना परिवेश र गर्नुपर्ने कार्यहरु तथा समुह विभाजन गरि सबैलाई घटना अभ्यास कार्यक्रममा निभाउनु पर्ने भुमिकाहरुको बारेमा जानकारी गराइएको हो ।

 

Open photo

शुक्रबार श्री मलमला देवी माध्यमिक विद्यालयको खेल मैदानमा भूकम्प र आगलागीका बेला कसरी सुरक्षित हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा विद्यार्थीहरुले नमुना प्रदर्शन गरेका थिए  । विद्यालय स्तरिय कृतिम घटना  अभ्यास कार्यक्रम गर्नु अघि रेडक्रस सोसाइटीका सहजकर्ता डिल्लीराज जोशीले कार्यक्रमको विषयवस्तुमा प्रशिक्षण दिनुभएको थियो । 

Open photo

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, स्वंयमसेवक व्युरो, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक एवं विद्यार्थीहरु सहित करिब ८० जनाको उपस्थिति रहेको थियो । 

Open photo

Open photo

Open photo

कार्यक्रममा रेडक्रसले विपद्का बेला राहत, प्राथमिक उपचार र सुरक्षित आवासमा भूमिका खेल्ने, शिक्षा क्षेत्रमा पर्ने प्रभावमा शिक्षा विकास तथा समन्वय इकाइले भूमिका खेल्ने, हिंसाका विषयमा सामाजिक विकास कार्यालय, उद्धारमा सुरक्षा निकाय खटिनेलगायतका विषयमा जानकारी गराइएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।