डिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरूविरुद्ध नाराबाजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरूविरुद्ध नाराबाजी भएको छ । गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताहरूविरुद्ध नाराबाजी भएको हो । टुँडिखेलमा भएको गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवालगायतका नेताहरू उपस्थित हुनुभएको थियाे ।

गौरा पर्वको महत्त्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको दिनलाई महिलाहरूले महत्त्वपूर्ण मान्दछन् । दुवाेले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी भनिएको हो । पवित्र धागोबाट निर्माण गरिएको ‘दुवधागो’ लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीहरूले निरहार बसेर आजकै दिन धारण गर्दछन् ।

दुवधागो ग्रहण गरेका महिलाहरूलाई पवित्र मानिन्छ । दुवधागो धारण गरेका महिलाहरूलाई भातभान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ । महिलाहरूले गौरालाई नचाएपछि बेलुकीपख डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई जना पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ ।

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।