यू–२० साफ च्याम्पियनशिप : नेपालले भूटानसँग खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - २० वर्षमुनिको साफ च्याम्पियनशिप आजदेखि माल्दिभ्समा शुरू हुँदैछ ।

उद्घाटन खेलमा नेपालले दिउँसो साढे ४ बजे मालेमा रहेको नेशनल स्टेडियममा भूटानसँग खेल्दैछ । आजै राति सवा ९ बजे माल्दिभ्स र श्रीलङ्का खेल्दैछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससहित, नेपाल, भूटान र श्रीलङ्का रहेका छन् । यस्तै समूह ‘बी’ मा भारत, पाकिस्तान र बङ्गलादेश रहेका छन् । 

दक्षिण एशियाका ७ वटा टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल आउँदो अप्रिल ३ मा हुनेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।