काठमाण्डाै – रोयल च्यालेन्जर्स बेङ्गलुरुका ब्याटर टिम डेभिडले इन्डियन प्रिमियर लिग (आईपीए) २०२७ को पहिलो खेल गुमाउने भएका छन् ।
गएको आइतवार राति भएको आईपीएल २०२६ को फाइनलमा गुजरात टाइटन्ससँगको खेलका क्रममा अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो ।
गुजरातको पहिलो पारीको १०औँ ओभरमा जोर्डन कक्सले लिएको वाशिङ्गटन सुन्दरको क्याचलाई नटआउट दिएपछि टिम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए ।
यस संस्करणमा डेभिडको डिमेरिट अङ्क ५ पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन् । फाइनलमा बेङ्गलुरुले गुजरातलाई ५ विकेटले हराउँदै लागातार दोस्रो पटक आईपीएल उपाधि जितेको थियो ।