रास्वपा महाधिवेशन : बालेन, रवि र गगन एकै मञ्चमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगन थापा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनुहुने भएको छ । कांग्रेसले सभापति थापा सहभागी हुनेबारे आज मात्रै टुङ्गो लगाएको हो ।

योसँगै अब प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह, रास्वपा सभापति रवी लामिछाने र कांग्रेस सभापति गगन थापा एउटै मञ्चमा उपस्थित हुनुहुने भएको छ । महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह आजै चितवन पुग्नुभएको हो । रास्वपा सभापति रवि लामिछाने केही दिनदेखि नै चितवनमा हुनुहुन्छ ।

रास्वपा महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने जनाइएको छ । श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधिसमेत सहभागी नहुने भएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।