टिकटकले सरकारका यी तिन सर्त लागू गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि लगाइएको टिकटकमाथिको प्रतिबन्ध खोल्नका लागि सूचना तथा सञ्चार मन्त्रालयले तीनवटा शर्त अघि सारेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले तीनवटा शर्तमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने निर्णय गरेको जानकारी दिनु भयो ।  संचार मन्त्रालयले टिकटक सञ्चालनका लागि सेवा प्रदायक कम्पनीले दर्ता गर्नुपर्ने र सम्पर्क विन्दु राख्नुपर्नेछ । त्यसैगरी, दोस्रो शर्तका रुपमा टिकटकले पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने, इन्टरनेट सुरक्षा र डिजिटल साक्षरताका सामग्री तथा सुरक्षा नियमहरु पालना गर्नुपर्नेछ छ भने तेस्रो शर्त विद्यालय र विश्वविद्यलायहरुलाई सहयोग पुर्‍याउने डिजिटल कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ ।

सञ्चारमन्त्री गुरुङले टिकटक खोल्ने सम्बन्धी प्रस्ताव भोलिको मन्त्रिपरिषदमा पेस गर्नेसमेत जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएपछि मन्त्रालयले प्रक्रिया अघि बढाएको थियो । सरकारलाई पटक-पटक प्रतिबन्ध हटाउन लिखित रुपमा आग्रह गर्दै आएको टिकटकले यसै साता नेपालका शर्त मान्न तयार रहेको व्यहोरासहितको पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।