टिकटक खुलाउने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्‌को बैठकले टिकटक खुलाउने निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा हिजो सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श गरेको थियो । 

अहिले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम टिकटक सञ्चालन गर्न तयार रहेको भन्दै पछिल्लो पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण लगत्तै नेपालमा सामाजिक सद्‌भाव बिगार्ने काम गरेको भन्दै २७ कात्तिक २०८० को मन्त्रिपरिषद्‌ बैठकले नेपालमा टिकटक प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो ।

टिकटकका प्रतिनिधि र उच्च अधिकारीले बारम्बार सञ्चारमन्त्री लगायतलाई प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गर्दै आएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।