दश जिल्लाका सिडिओको सरुवा (पूरा जानकारी सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले २१ जना सहसचिव तथा उपसचिवको सरुवा गर्दा १० जिल्लामा सिडिओ फेरिएका हुन्। 

सहसचिव रामुराज कडरियलाई गोरखा, सुरेश पन्थीलाई भोजपुर, जनार्दन गौतमलाई डडेल्धुरा, सुनिता नेपाललाई इलाम, नेत्रप्रसाद सुवेदीलाई सल्यान, केदारनाथ शर्मालाई जुम्ला, वासुदेव दाहाललाई रोल्पा, पुण्यविक्रम पौडेललाई बैतडी, दिनेशसागर भुसाललाई सिन्धुली र बुद्धबहादुर गुरुङलाई डोटीको सिडिओमा खटाइएको छ । 

मन्त्रालयमा ६ महिनादेखि जिम्मेवारीविहीन रहेका सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशककाे जिम्मेवारी दिइएको छ । यसअघि पनि उनले सो विभागमा महानिर्देशक बनेर काम गरेका थिए। 
 

 


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।