२ किलो चरेससहित एकजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी : बैतडीमा २ किलो चरेससहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महर रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

महरलाई बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट २ किलो चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरलाई झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित पक्राउ गरिएको हो।

पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।