बुटवल, कार्तिक ०९ । नवलपरासी कारागारबाट फरार रहेका कैदी बन्दी पाल्पामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा गत भदै २४ गते फरार रहेका कास्की पोखरा महानगरपालिका–२१ बस्ने २८ वर्षीय श्याम भनिने समीर गुरुङलाई आज तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कारागार कार्यालय नवलपरासीमा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले गोप्य सूचनाको आधारमा आज बिहान प्रहरी चौकी प्रभास पाल्पाबाट प्रहरी खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।
फरार रहेका गुरुङ ससुराली तानसेन नगरपालिका–१०, साडिखोलामा बसेका थिए । उनलाई कारागार कार्यालय नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।