सैनामैनामा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देहीकाे सैनामैना २ मा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थाई घर गुल्मी हाल  सैनामैना नगरपालिका वडा न ३  बस्ने २५ वर्षीय सागर वि.क  रहेका छन् भने उक्त कार्यमा मतियारको रुपमा वडा न ३ कै एक जना महिला समेत पक्राउ परेकी छिन ।

घटनाको सुचना प्राप्त हुनासाथ   इलाका प्रहरी कार्यालय रन्यौरा , रुपन्देही का प्रमुख प्रहरी निरीक्षक आदित्य राज विष्टको कमाण्डमा खटिएको प्रहरी टोलिले उनिहरुलाइ पक्राउ गरि थप कारवाहीको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाएको छ ।  यस सम्बन्धमा बुटवल ईलाका प्रहरीले र आफुहरुले समेत  आवश्यक  अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक आदित्य राज विष्टले जानकारी दिनुभयाे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।